Techie IT
  • ९ जेठ २०८२, बिहीबार
KhojPatrika

सकियो राष्ट्रिय सहकारी बैंकको अर्धवार्षिक समिक्षा कार्यक्रम


ललितपुर । बिहिवारदेखि काभ्रेपलान्चोकको धुलिखेलमा सुरु भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७९र०८० को अर्धवार्षिक समिक्षा कार्यक्रम सकिएको छ । चालु आर्थिक वर्ष छ महिनाको समिक्षा गरी बाँकी छ महिनाको कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम गरिएको बैंकले जनाएको छ । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रमको बैंकका अध्यक्ष केबी उप्रेतीले समापन गरेका थिए ।

समापनको अवसरमा अध्यक्ष उप्रेतीले बैंकको रणनीतिक योजनाअनुसार प्रतिफल प्राप्न गर्न शाखा प्रमुखहरुको भूमिकालाई थप प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्ने बताए । जोखिमलाई न्यूनिकरण गर्दै सदस्य सन्तुष्टीलाई ध्यान दिएर काम गर्न निर्देशन दिँदै अध्यक्ष उप्रेतीले सहकारी बैंकका सवल पक्षलाई आम सहकारी संघ संस्थामा पुर्याउने र देखिएका समस्याहरुलाई समयमै समाधान गरेर अगाडि बढ्न आग्रह गरे ।

सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिका लागि भएपनि यसको प्रभाव सिंगो सहकारी अभियानको सफलता र असफलतासंग जोडिने भएकाले बैंकका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन, शाखा प्रमुखहरु र सम्पूर्ण कर्मचारीहरुको अतिरिक्त सक्रियता र समन्वय गरेर सहकारीको साख बढाउन ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

पछिल्लो समय देशव्यापीरुपमा देखिएको सहकारीका समस्यालाई समाधान गर्न बैंकले आफ्नोतर्फबाट सक्दो प्रयत्न गरेको बताउँदै अध्यक्ष उप्रेतीले सहकारीमा आउन सक्ने समस्याका बारेमा बैंकका शाखा प्रमुखहरुले स्थानीय स्तरमा रहेका सरोकारवालाहसंग समन्वय गरेर समाधानमा योगदान गर्न आह्वान गरेका थिए ।

बैंकले बनाएको रणनीतिक योजनालाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि विशेषत शाखा प्रमुखहरुको भूमिका सवल हुनु पर्ने चर्चा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले कार्यक्रममा ६८ वटै शाखाको समग्र समीक्षा र रणनीतिक समीक्षा गर्दै, बैंकले लिएको लक्ष्य, उद्देश्यहरू प्राप्तिमा सबै प्रतिबद्ध हुन आग्रह गरेका थिए ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरू र ६८ शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखामार्फत देशभरका १६ हजार सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं