बृद्ध भत्ता नलिने रुकुमपूर्वका कलिरामको घोषणा
रुकुमपूर्व । जिल्लाका एक जेष्ठ नागरिकले सरकारले दिदै आएको जेष्ठ नागरिक भत्ता नलिने बताएका छन । विहे नै नगरेका ७७ बर्षिय कलिराम घर्ती (जिम्दारे) ले जेष्ठ नागरिक भत्ता अहिलेसम्म आफुले नलिएको र अव पनि नलिने बताएका हुन ।
रुकुम पुर्वको सिस्ने गाउँपालीका वडा नम्बर ४ का अविवाहित ७७ बर्षिय कलिराम घर्तीलाई तपाईं ले किन जेष्ठ नागरिक भत्ता नलिनुभएको हो भन्ने प्रश्नमा उनले भने नेपाल आफैमा गरिब छ बिदेशीहरुबाट ऋण लिएर कर्मचारी पाल्ने देशले फेरि भत्ताको नाममा राजनीति गर्ने नेताहरुले देशलाई कङ्गाल बनाएको र यसको भार अब आउने पुस्तालाई थपिने हुदा आफुले जेष्ठ नागरिक भत्ता नलिने अठोट गरेको बताए ।
खासै बोल्न नमान्ने उनी आफैमा सम्पन्न वर्गका भने होईनन । विहे नै नगरी बसेकाले उनलाई गाउँलेहरुले जिम्दारे उपनाम ले बोलाउने गर्छन । सानैदेखि खेतीपाती र गाईबस्तु पाल्दै रमाउने घर्ती विगत १ बर्ष यता भने न त खेती लगाउछन् न त गाई बस्तु नै पाल्छन कारण हो बुढेसकाल लाग्नु ।
उनी बिरामी हुदा पनि स्याहार सुसार गर्ने घरमा कोहि पनि छैन । उनी कहिले आफ्नो घर कहिले आफन्त तथा कहिले छिमेकीको घरमा जिवन कटाईरहेका छन तर, पनि सरकारले दिने जेष्ठ नागरिक भत्ता नलिने उनले अड्डी कसेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्