अक्कू फोरम २०२३ नेपालमा गर्न राष्ट्रिय सहकारी बैंक र अक्कू बिच सम्झौता

काठमाडौं । एसियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ नेपालमा गर्न राष्ट्रिय सहकारी बैंक र अक्कूबिच सम्झौता भएको छ । सोमबार एक समारोहबिच राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के बिच फोरम आयोजना गर्न सम्झौता पत्रमा हस्ताक्षर हो ।
कार्यक्रममा एसियाली ऋण महासंघ (अक्कू) को आयोजना तथा राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋण सहकारी संस्थाहरुको छाता सङ्गठन नेफ्स्कूनको सह–आयोजनामा सन २०२३ को सेप्टेम्बर ११ देखि १७ सम्म काठमाडौंमा हुने छ । फोरममा २५ भन्दा बढी विदेशी राष्ट्रबाट ३०० जना र नेपालबाट १०० जना गरी ४०० जना सहकारीकर्मीहरुको सहभागितामा हुने कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारण सभा समेत हुने छ ।
सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएपनि कोभिड–१९ का कारण स्थगित भएको थियो । फोरममा मानव संसाधन विकास कार्यशाला, सिइओ कार्यशाला, युवा तथा महिला कार्यशाला लगायतका हुने छन् । सम्झौता कार्यक्रममा बैंकका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापनका कर्मचारीहरू र अक्कूका चिफ अफ टेक्निकल अफिसर रञ्जित हित्तराचीे लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #अक्कू, #अक्कूबिच सम्झौता, #राष्ट्रिय सहकारी बैंक
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्