अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएर आमा फरार
काठमाडौं । सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएको भेटिएको छ ।
अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएपछि आमा फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिए ।
नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ। नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । अस्पतालका कर्मचारी, नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नवजात शिशु
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्