स्वास्थ्य मन्त्रालयले भन्योः बीएफ ७’ नेपालमा पुष्टि भएको छैन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ ‘भेरियन्ट बीएफ ७’ हालसम्म नेपालमा पुष्टि नभएको जानकारी दिएको छ । छिमेकी राष्ट्रमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि भइरहेकले सावधानी अपनाउन भने मन्त्रालयले आग्रह गरेको छ।
भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवं नियन्त्रणका लागि सबै सजग र सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजर नियमित प्रयोग गर्न मन्त्रालयले सुझाव पनि दिएको छ। कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #‘भेरियन्ट बीएफ ७’, #कोभिड–१९, #स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्