स्वास्थ्य मन्त्रालयले भन्योः बीएफ ७’ नेपालमा पुष्टि भएको छैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ ‘भेरियन्ट बीएफ ७’ हालसम्म नेपालमा पुष्टि नभएको जानकारी दिएको छ । छिमेकी राष्ट्रमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि भइरहेकले सावधानी अपनाउन भने मन्त्रालयले आग्रह गरेको छ।
भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवं नियन्त्रणका लागि सबै सजग र सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजर नियमित प्रयोग गर्न मन्त्रालयले सुझाव पनि दिएको छ। कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #‘भेरियन्ट बीएफ ७’, #कोभिड–१९, #स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्