३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि
काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचाल्न सफल भएको हो ।
निर्धारित समयको खेलमा दुई दुई गोलको रोमाञ्चक बराबरी गर्दै फ्रान्सले खेल अतिरिक्त समयमा धकेलिएको थियो। पहिलो हाफमा शानदार खेल प्रदर्शन गरेको अर्जेन्टिनाले २–०को अग्रता बनाएको थियो। खेलको २३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान लियोनल मेस्सीले गोलमा परिणत गरेपछि दक्षिण अमेरिकी टोलीले खेलमा अग्रता लिएको थियो ।
पेनाल्टी बक्समा ओसमाने डेम्बेललेले एन्जल डि मारियालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । ३६ औँ मिनेटमा डि मारियाले दोस्रो गोल गरे । काउन्टर अट्याकमा मेस्सीले मिलाएको अवसरमा म्याक एलिस्टरले एन्जल डिमारियासम्म सहज बल पुर्याएका थिए । डि मारियाले पेनाल्टी बक्स भित्रबाट सहज फिनिस गरे । पहिलो हाफमा अर्जेन्टिना २–० ले अगाडी रह्यो। खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि फ्रान्सले अग्रता घटायो।
निकोलस ओटामेन्डिले पेनाल्टी बक्समा कोलो मुआनीलाई फल हानेपछि फ्रान्सले पेनाल्टी पायो र त्यसको एक मिनेट पछि एम्बाप्पेले शानदार गोल गर्दै खेल बराबरी गरे। कोलो मुआनीले मिलाएको पासमा उनले वान टच फिनिस गरेका हुन् । खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई ३–२ को अग्रता दिलाए। फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #अर्जेन्टिना, #रोमाञ्चक नाटकीय खेल, #विश्वकप फुटबल
ताजा खबर
- १मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु
- २एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
- ३कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- ४ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ५दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान



तपाईको कमेन्ट लेख्नुहोस्