बझाङ केन्दबिन्दु भएर ५.४ रेक्टरको भूकम्प
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टर स्कलेको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । त्यस्तै, पश्चिमका दाङ, सल्यान, रुकुम, जाजरकोट लगायतका जिल्लामा पनि त्यसको धक्का महसुस गरिएको थियो । स्थानीयहरु त्रासका कारण घरबाहिर निस्केर बसेका छन् ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र राति ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परेर ६ जनाले ज्यान गुमाएका थिए ।
मंगलबार देखि सुदुरपश्चिममा निरन्तर भुकम्पको धक्का महसुस भइरहेको छ। बझाङको सदरमुकाम चैनपुर लगाएतका स्थानियहरू खुल्ला ठाउँमा आँगो बालेर बसेका छन्।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बझाङ केन्द्रबिन्दु, #भूकम्प, #भूकम्प मापन केन्द्र
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्