जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट अध्यक्ष उप्रेती सम्मानित
दोलखा । जिल्लामा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीलाई ‘सचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ । संस्थाले रजत जयन्तीको अवसरमा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार २०७९ बाट उप्रेतीलाई सम्मान गरेको हो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका उप्रेतीलाई नेपालको सहकारी अभियानमा सहकारी क्षेत्रको प्रवर्द्धन, विकास, व्यवसायीकरण, स्तरीकरण तथा व्यवस्थापनमा महत्त्वपूर्ण राष्ट्रिय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्ने उक्त पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।
संस्थाको ३० औ स्थापना दिवसको अवसरमा शनिवार संस्थाको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जूराम घरानीले उक्त पुरस्कार प्रदान गरेका हुन । उक्त पुरस्कारबाट यस अघि सहकारी बैंकका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बासकोटा लगायत सम्मानित भएका छन् ।
संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा भएको स्थापना दिवसमा प्रमुख घरानीले सहकारीले बचत र ऋणको कारोबार सँगै उत्पादनमा लाग्न सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीले दोलखालाई सहकारीको नमुना जिल्ला बनाउन जनसचेतनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । उनले सहकारी क्षेत्रको विकास र विस्तारका लागि आफूले सकेको सहयोग गर्ने बताएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्