कैलालीमा कर्जा तथा जोखिम व्यवस्थापन तालिम
कैलाली । राष्ट्रिय सहकारी बैंक लिमिटेड धनगढी शाखा कार्यालयको आयोजनामा दुई दिने कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिमको सुरु भएको छ ।
कैलाली जिल्ला र आसपासका क्षेत्रमा रहेका सहकारी संघ संस्थाहरुलाई लक्षित गरी सुरु गरिएको तालिम कार्यक्रममा त्यस क्षेत्रका ३७ वटा सहकारी संघ संस्थाबाट ४० जना सहकारीकर्मीहरुको सहभागिता छ ।
बैंकको धनगढी शाखा समन्वय उपसमितिका संयोजक देव बहादुर बमको अध्यक्षतामा सुरु भएको तालिम, बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले सञ्चालन गरेका थिए ।
बिहिबारसम्म सञ्चालन हुने तालिममा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिमल्सिनाले सहभागीहरूलाई धितो कर्जा, लघु कर्जा व्यवस्थापन तथा कर्जामा निहित जोखिम सहित कर्जा सँग सम्बन्धित कानुनी कागजात प्रक्रिया समेतका विषयहरूमा सहजीकरण गर्नेछन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्