फेरि उकालो लाग्यो कोरोना संक्रमण, एकै दिन १०२ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो केहीदिन यता नेपालमा कोरोना संक्रमण उकालो लागेको छ । देशभर थप १ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार ६ सय १५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६ सय ५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । यस्तै, थप ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना संक्रमण, #सङ्क्रमण पुष्टि
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्