काठमाडौंको बौद्धमा सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धमा सामुहिक बलात्कार भएको घटना बाहिरिएको छ । बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका हुन् ।
घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् ।
लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको हो । आरोपीहरुमाथी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
आरोपीहरुले जेठ २९ मा मध्यराति होटलमा लगेर युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बौद्धमा सामुहिक बलात्कार
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्