शिक्षकले नै यौन हिंसा गरेको भन्दै कलेजका बिद्यार्थी सडकमा, २ जना शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु शिक्षकबाट यौन दुब्यवहार भएको भन्दै आन्दोलित भएका छन् । कक्षा ११ का तीनजना विद्यार्थीको जाहेरिका आधारमा दुईजना शिक्षक पक्राउ गरिएपनि विद्यार्थीहरुले अपराध गर्नेलाई संरक्षण गर्न खोजिएको भन्दै निरन्तर आन्दोलन गरिरहेका छन् । मंगलबार बिहान ६ बजेदेखि सुरू भएको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीले गरेको आन्दोलनको । शिक्षकले छात्राहरूमाथि गरेको यौन दुर्व्यवहारको आक्रोश पोखिरहेका विद्यार्थीहरुले कलेजको टिसर्ट र टाइ समेत जलाएर न्यायको माग गरे ।
आक्रोशित बनेका विद्यार्थीको आन्दोलन कलेजदेखी सुरु भएर महानगरिय प्रहरी बृत्त गौशलासम्म पुग्यो र दिनभरि नै चल्यो । शिक्षक तथा व्यवस्थापन संकायका संयोजक जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू यसरी आक्रोशित बनेका थिए । पीडक दाबी गरिएका अधिकारीलाई नियन्त्रणमा ल्याएर प्रहरी वृत्तमा ल्याइएपछि विद्यार्थीको आन्दोलन प्रहरी बृत्तमा केन्द्रीत बनेको थियो । अधिकारीको दुब्यवहार बारे कलेज प्रशासनलाई जानकारी गराउँदा उल्टै संरक्षण गरिएको विद्यार्थीको आरोप छ ।
छात्राहरुमाथी शिक्षकबाट निरन्तर यौँन हिंसा भैरहेको विद्यार्थीहरुले आरोप लगाएका छन् । अहिले भने तीनजना पीडित विद्यार्थीको जाहेरिका आधारमा प्रहरीले अधिकारीसहित अर्का शिक्षक राजनकुमार पौडेललाई नियन्त्रणमा लिएको छ । दुब्यवहार गरेका शिक्षकले विद्यार्थीहरूसँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै विद्यार्थीहरूले प्रहरी परिसरमा समेत नाराबाजी गरेका थिए । विद्यालयको कक्षा ११ का तीन जना विद्यार्थीलाई बोलाएर आर्थिक प्रलोभन, रेस्टिकेटको धम्कीसहित सेक्स पार्टनर बन्न आग्रह गरिएको विद्यार्थीहरुले जाहेरिमा उल्लेख गरेका छन् ।
यस्तै कक्षा १२ का दुई जना छात्राले पनि आफूहरूमाथि यीनै शिक्षकले दुर्व्यवहार गरेको दाबी गरेका भएपनि जाहेरी दिएका छैनन । व्यवस्थापन संकायका संयोजक अधिकारीमाथि छात्रा विद्यार्थीले अनैतिक तरिकाले छुने, मेसेजहरू पठाउने लगायत हिंसाजन्य गतिबिधिका साथै एक पीडित छात्रालाई आफूसँगै बस्न अफर गरेको आरोप लागेको छ । यौन दुर्व्यवहार भएको भन्दै कलेज प्रशासनलाई विद्यार्थीहरुले जानकारी गराए पनि बेवास्ता गरिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन् ।
भित्रैभित्र मिलाउने प्रयास गरेका शिक्षकहरूले अहिले प्रहरी प्रशासनलाई अरू नै बयान दिएको भन्दै विद्यार्थीहरुले यौन दुब्यवहारमा संलग्नहरुलाई संरक्षण नगर्न दबाब दिइरहेका छन् । कलेजका प्रमुख केशव दंगलले शिक्षकको गल्ती ठहरिएमा कारबाही हुने बताएपनि औपचारिक रुपमा घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन । शिक्षकले बालयौन दूराचार गरेको भन्दै परेको उजूरीमाथी यतिबेला प्रहरीले छानविन गरिरहेको छ । घटनाको निष्पक्ष छानविनसहित दोषीमाथी कारबाही गराउन प्रहरी र कलेज प्रशासन गम्भिर बन्नुपर्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुईजना शिक्षक पक्राउ, #महानगरिय प्रहरी बृत्त गौशला, #शिक्षकबाट यौन दुब्यवहार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्