बढ्यो बर्डफ्लू संक्रमण, १३ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको विभागले जनाएको छ ।
गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको छ ।
पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।
संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #१३ जिल्ला, #कृषि तथा पशुपन्छी विकास मन्त्रालय, #बर्डफ्लू संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्