कमेडी क्लब विथ च्याम्पियन विवादमा, दुर्गेश थापाको चेतावनीपछि हटाइयो प्रोमो
काठमाडौं । कमेडी क्लब विथ च्याम्पियन दोस्रो भाग प्रशारण नहुँदै विवादमा आएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सो कार्यक्रममा गायक दुर्गेश थापाले आफूमाथि गरिएको व्यंग्यलाई लिएर आपत्ति जनाएपछि विवादमा आएको हो ।
दुर्गेश थापाको चेतावनीपछि निर्माण पक्षले कार्यक्रमको प्रोमो नै युट्यूबाट हटाएको छ । प्रसारित प्रोमोमा कमेडीयन सजन महर्जनले दुर्गेश थापाको पोस्टरसमेत देखाएर उनको मजाक उडाएका थिए । पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिएका थिए ।
प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा‘। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’ दुर्गेशले कार्यक्रमको निर्माण पक्षसँग यसमा आपत्ति जनाउँदै कानूनी प्रक्रियामा जान सक्ने चेतावनी दिएपछि प्रोमो र त्यो दृश्य समेत हटाइएको छ ।
दुर्गेशले प्रोमो नहटाएमा कानूनी प्रक्रियामा जाने चेतावनी दिएका थिए । त्यसपछि निर्माण पक्षले प्रोमो हटाएको हो । पूरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य नदेखाइने भएको छ । तर, दुर्गेशको फोटो राखेर बनाइएको प्रोमो यतिबेला सामाजिक सञ्जाल तथा टिकटकमा भाइरल नै भएको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कमेडी क्लब विथ च्याम्पियन, #गायक दुर्गेश
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्