चरित्र हत्या गर्ने युट्यूव बिरुद्ध अभिनेत्री रेखा थापा पुगिन साइबर ब्यूरो
काठमाडौं । अभिनेत्री रेखा थापाले युटुवबाट आफूलाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दिएकी छन् । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध ब्यूरोमा जाहेरी दर्ता गराएकी हुन् ।
पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा जनाइएको छ । युटुव दर्ता गरिएको छ कि छैन् भन्दै जानकारी दिन प्रेस काउन्सिललाई ब्यूरोले पत्रचार गरेको छ ।
आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रेखा थापा, #साइबर व्यूरो
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्