शहरमा लिभिङ टुगेदर बस्नेको संख्या बढ्यो,छिट्टै कानुन बनाउन सुझाव

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका बिभिन्न शहरमा केटा केटी लिभिङ टुगेदर बस्नेहरुको संख्या बढेको छ । लिभिङ टुगेदर बस्नेहरुको सम्बन्ध बिग्रीदा हत्याका घटना समेत भएका समाचार बाहिर आइरहेका छन् । त्यसैले पनि प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा विज्ञहरूले लिभिङ टुगेदरुबारे कानुनी व्यवस्था गर्न सुझाव आएको छ । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन समितिको सोमबारको बैठकमा विज्ञहरूले सुझाव दिएका थिए ।
अधिवक्ता मोहनलाल आचार्यले विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धविच्छेदको आधारमा मात्रै बनाइएको भन्दै लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको बताए । दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्था गरिएपनि लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरू नै बढी पीडित हुँदै जाने सम्भावना देखिएको उनले बताए ।
विवाहित पुरुषले अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने बढ्दैछन् । यसबारे स्पष्ट ऐन बनाउन आचार्यले सुझाव दिए । सांसदहरूले पनि लिभिङ टुगेदरको समस्या सम्बोधन गर्न स्पष्ट कानुन बनाउनु पर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदर नेपालमा पनि प्रचलनको रुपमा अघि बढिसकेको र त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताइन् ।
एमालेकी सांसद बिन्दा पाण्डेले लिभिङ टुगेदर बारे शीर्ष नेताहरूको मानसिकता नै परिवर्तन हुन नसकेको बताइन् । उनले लिभिङ टुगेदरको सन्दर्भमा प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने बताइन् । सांसद पाण्डेले बिना रजिस्ट्रेसनको लिभिङ टुगेदरले समस्या बढाउने कुरा राखिन् । विवाहितहरूले त्यसरी बसेमा दण्डनीय हुने खालको बहुविवाहको मुद्दा लाग्ने कि नलाग्ने ? भन्ने कुराहरू पनि छलफल हुन जरुरी रहेको उनीले बताइन ।
समिति सभापति निरुदेवी पालले कानुन बाझिन नहुने गरी बनाउनु पर्ने बताइन् । उनले महिलाको हकहितको कुरा गरिरहँदा अझै पनि आमाको नामबाट नागरिकता लिन नपाइरहेको भन्दै त्यसमा प्रभावकारी ढंगबाट काम गर्न आवश्यक रहेको बताइन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #टुगेदरुबारे कानुनी, #लिभिङ टुगेदर
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्