एकैदिन कोरोनाबाट १६ जनाको मृत्यु,१० हजार २ सय ५४ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार एकैदिन १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५ हजार ३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।
यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ । देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो ।पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् । हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डाकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी छ । १७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्