अर्काकी श्रीमतीसँग प्रेम त बस्यो तर, बिहेको दबाबपछि हत्या
काठमाडौं । पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यलय बरहथवाले घटनामा संलग्नहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। गत पुस १७ गतेबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखु बारीमा शव फेला परेको थियो। महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा फेला परेको थियो। घटनामा हरिवन नगरपालिका–१०, ताइवानका २७ वर्षका सन्तोष साह, सोही ठाउँका २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ।
अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको खुलेको छ । मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गरेर भगाउन बारम्बार दबाब दिँदै आएकी थिइन्। विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीहरुलाई केही पैसा दिने लोभसमेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो। मृतक महिलाका श्रीमान् विगत १० बर्षदेखि रोजगारीको शिलशिलामा कतारमा रहेका थिए। उनी गत २ बर्ष पहिला मात्र नेपाल आएर गएका थिए। उनीहरुको १२ र ५ बर्षका दुई छोरा र ८ बर्षकी एक छोरी गरी तीन सन्तान छन ।
जग्गा किन्ने क्रममा जग्गा दलाल गर्ने सन्तोषसँग मृतक महिलाका बुवाको चिनजान भएको थियो। सोही चिनजान श्रीमान सुरत हुँदै मृतक महिलामा आएर जोडिएको थियो। जग्गा किन्न भनेर मृतक महिलाले सन्तोषलाई २ लाख बैना समेत दिएकी थिइन्। यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाई छ। त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए।मृतक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ। भेटघाटको समय बित्दै जाँदा महिलाले सन्तोषलाई आफुसँग बिबाह गर्न र भगाउन दबाब दिन थालेकी थिइन ।
मृतक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो। गत पुष १७ गते महिलाले फोनमा सन्तोषलाई आफुलाई भगाउन दवाव दिइन। सन्तोषले पनि हुन्छ भनिदिए। सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग मागेर हत्या गरेको खुलेको छ । घटनाको एक हप्तापछि गत पुस २४ गते सन्तोष साह र २७ गते मुकेश ब्लोन र रोहित हजरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्