काठमाडौं उपत्यका आसपासका धैरै क्षेत्रमा हिमपात, चन्द्रागिरीमा भीडभाड (फोटो फिचर)

काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडा हिमपातले सेताम्मे भएको छ । हिउँकै कारण चिसो पनि ह्वात्तै बढेको छ । चिसो बढेपनि हिमपातको समयमा धेरैको रहर हुन्छ हिउँ खेल्ने, हिमपातमा रमाउने । तर, अहिले उपत्यकावासीले हिउँ खेल्ने गन्तब्य भने फेरिएको छ । कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। यसपछिको गन्तब्य गोदावरीको फुलचोकी थियो । नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि नजिकै भएकाले मानिसहरुको भीड लाग्थ्यो ।
यी सबै क्षेत्रमा हिउँ खेल्न पुग्नेहरु अहिले भएपनि धेरैको हिउँ खेल्ने गन्तब्य चाहिँ चन्द्रागिरि बन्न थालेको छ। नजिक र केबुलकारबाट उत्रिनासाथ हिउँको रमाइलो लिन सकिने भएकाले मानिसहरु यहाँ आउँछन्, रमाउँछन ।
सञ्चारमाध्यमदेखी सोसल मिडियासम्म हिउँ पर्नासाथ चन्द्रागिरिको चर्चा हुनेगरेको छ । यहि कारण आज बिहानैदेखि चन्द्रागिरिमा हिउँ खेल्न पुग्नेहरुको भिड लागेको छ ।
केबुलकार स्टेसनदेखि मन्दिरसम्म छपक्कै हिउँ ढाकिएको छ भने यहाँ खेल्ने रमाउनेहरुको भीडभाड निकै बाक्लो देख्न सकिन्छ । चिसो मौसमको कुनै परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा–युवती र किशोर–किशोरीहरु मात्रै नभएर हिउँसँग रमाउन बालबालिका बृद्धबृद्धा समेत चन्द्रागिरीमा ओइरिएका छन् ।
काठमाडौंको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको र केवलकारसमेत जोडिएकाले पछिल्ला वर्षहरुमा चन्द्रागिरी पर्यटकीय आकर्षणको स्थान समेत बन्दै आएको छ, चन्द्रागिरी । हिमपातले यहाँको आकर्षणलाई थप बढाइरहेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डाँडा हिमपात, #हिमपात
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्