हेलिकप्टर दुर्घटना भारतीय रक्षाध्यक्ष विपिन रावतको अवस्था चिन्ताजनक, ११ जनाको शव भेटियो
काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ १७ हेलिकोप्टर तामिलनाडुमा दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । जनरल रावतलाई गम्भीर अस्पतालमा वेलिङटनस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
रावतको स्थितीबारे औपचारिक जानकारी दिइएको छैन् । तर, संचारमाध्यमले चाहिँ रावत गम्भीर रुपमा घाइते भएको विवरण प्रेषित गरिरहेका छन् । हेलिकोप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।
हेलिकोप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।
सन् २०१५ को फेब्रुअरी ३ मा पनि रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला नागाल्यान्डको दीमापुरमा हेलिकोप्टर क्र्यास भएको थियो । एक महिना नबित्दै भारतीय सेनाको यो हेलिकोप्टर क्र्यास भएको हो । नोभेम्बर १९ मा अरुणाञ्चल प्रदेशमा पनि सवार १२ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #रक्षाध्यक्ष बिपिन रावत
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्