रुकुमपश्चिम रातामाटामा जन्ती बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटामा सोमबार बेलुका भएको बस दुर्घटनामा परेर गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षका बुधुराम खड्काको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा राती नै बाटोमा मृत्यु भएको हो ।
सोमबार राती नै जिल्ला अस्पताल सल्लेबाट रिफर गरिएका खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा गम्भिर घाईते मध्य मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका शुशिल थापा, नवराज खड्का र बुधुराम खड्कालाई लाई थप उपचारका लागि जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाईते भएका ४० जना मध्य १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मुसिकोट नगरपालिका
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्