विश्वकपमा छनोट भयो विश्व नम्बर १ बेल्जियम
काठमाडौं । विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ ।
क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए ।
७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे । हाजार्डको गोलअघि एस्टोनिया एरिक सोरगाले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । समूहकै अर्को खेलमा वेल्सले बेलारुसमाथि ५ १ को शानदार जीत हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #बेल्जियम
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्