अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता

काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्दैछ । अमेरिका र तालिबानबीच शनिबार र आइतबार कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन । दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सहित समावेशी सरकार गठन गर्न दबाब दिने अमेरिकी तयारी छ ।
अफगानिस्तानले गम्भीर आर्थिक सङ्कुचन र मानवीय सङ्कटको सामना गरिरहेको छ, हामी तालिबानलाई मानवअधिकारको रक्षाको लागि दबाब दिनेछौँ ’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ । अमेरिकाले अहिले नै अफगानिस्तानमा तालिबान शासनलाई मान्यता दिन नसकिने स्पष्ट पारेको छ । तालिबानसँगको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई देश छाड्न दिने विषयलाई मुख्य प्राथमिकता दिनेछ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #अमेरिकाले पहिलो पटक तालिबानसँग वार्ता, #तालिबान
ताजा खबर
- १चोरबाटोबाट अधिकृतदेखि सचिवसम्मको तलव बढाउन निर्देशन, चर्को बिरोधपछि भयो फिर्ता
- २अपमानजनक नाम र थर राखेर जारी भएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन
- ३बर्खास्तमा परेका हाकिम नै हाजिर गर्न कार्यालयमा, के–के गरे काम ?
- ४५ महिनापछि अघि बढ्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, पठाइयो समितिमा
- ५सिंहदरबारमै खेलिन्छ कानुनले बन्देज गरेको तास,भौतिक मन्त्रालय पुग्दा भयो भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्