कोरोनाले ब्यापार ठप्प,चाडपर्व नै मनाउन गाह्रो
काठमाडौं । कोरोना महामारीले आर्थिक रुपमा अधिकांश क्षेत्रलाई नराम्रो असर गर्यो । पर्यटन क्षेत्रले त सबैभन्दा क्षती ब्यहोर्नु प¥यो । त्यही कारण पर्यटन व्यवसायसँग जोडिएका मजदुर तथा कर्मचारीहरु पेशा छाडेर पलायन हुने अवस्था मै पुगेका छन् । हरके वर्ष झैँ यसपाली बडादसैं तथा तिहार नजिक आएको छ । तर, बेरोजगारीको मारमा परेका नागरिकका लागि यी चाड बोझ झैँ बन्न थालेको छ । कोरोनाका कारण १८ महिना भन्दा लामो समय पर्यटन क्षेत्र ठप्प नै रह्यो ।
विभिन्न अध्ययनले यो क्षेत्रमा मात्र १ खर्ब ६० अर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भएको निश्कर्श निकालिएको छ । वर्षेनी आउने १३ लाख पर्यटनको सेवा खटिने जनशक्ती अहिले कामबिहिन छन् । मुलुकका सबै क्षेत्र खुला हुँदा पर्यटन क्षेत्र भने चलायमान हुन सकेको छैन । त्यसमाथि चाडवाड नजिकिँदो छ तर पर्यटन क्षेत्रमा काम गर्ने ब्यवसायी र कामदार कसैलाई पनि चाडवाडको रौनकले छुन सकेको छैन । तनहुँका प्रितीराम गन्धर्व ३२ बर्षदेखी ठमेल क्षेत्रमा सारंगी बेच्छन् ।
दुई छाकको जोहोका लागि उनी अहिले पनि बिहानदेखी राती अबेरसम्म ग्राहक खोज्दै हिड्छन् । तर, ब्यापार पटक्कै हुँदैन । आफूले अंगालेको पेशासँग अहिले उनले हार मानिसकेका छन् । २ बर्षदेखी होटलमा काम गरेका गोरखाका रोशन न्यौपानेलाई पनि कोरोनाकालले अफ्ठ्यारोमा पारेको छ । होटलमा काम गर्ने उनी लकडाउनपछी पुस्तैनी घर फर्किए । अली अली चहलपहल बढ्न थालेपछि फेरी काममा फर्किएका उनलाई बिगतमा झौ रमाइलोसँग दशै मनाउन सजिलो छैन ।
६ बर्षदेखी ठमेलको होटलमा सुरक्षा गार्डको काममा खटिएका प्रदिपराज गिरीलाई पनि लकडाउन निकै कस्टकर बन्यो । कहिलेकाही भोकै बस्नेदेखी आधा तलब मात्रै लिएरपनी काम गरे । आर्थिक संकटबाट गुज्रिन परेको बेला उनलाई पनि चाडवाड आएको भन्दा नआएकै बेश लाग्न थालेको छ । ठमेलमा टुर एन्ड ट्राभल्स चलाएका बिष्णु दवाडीको पनि अहिले ब्यापार ठप्प छ । ब्यापार नभएपनी दिनभर कार्यालयमा बसेर दिन बिताउने गर्छन् ।
उनी पनि दसैं मुखैमा आउँदा समेत खासै उत्साहित बन्न सकेका छैनन् । उनीहरु त बेरोजगारीको मारमा परेका नागरिकको प्रतिनिधि पात्र मात्र हुन् । त्यसबाहेक पर्यटन क्षेत्रमा काम गर्ने टुरिस्ट गाईडदेखी अन्य मजदुरहरुको पिडा यो भन्दा फरक छैन । तर सरकारले राहत दिने भने पनि कोरोनाले खस्किएका उनिहरुको जिविका धान्ने व्यवसायलाई उकास्न सरकार गम्भिर बनेको देखिदैन । जसले गर्दा फेरी पर्यटन क्षेत्र कोरोनापछी पनि थला नै पर्ने हो कि भन्ने जोखिम बढेको छ ।
क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, समाचार
ट्याग : #आर्थिक रुपमा अधिकांश क्षेत्र, #कोरोना महामारी, #पर्यटन क्षेत्र
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्