सेयर बजारमा आइतबार कारोबार रकममा नयाँ कीर्तिमान
काठमाडौं । सेयर कारोबार रकमले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपालको पुँजी बजारमै आइतबार सबै भन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । नेप्से सूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक समेत १.९० अंकले घटेर बन्द भएको छ । आइतबार २२२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो हालसम्मकै नयाँ रेकर्ड हो ।
आईतबार उत्पादन तथा प्रोशोधन उपसमूह र माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक पनि सामान्य बढेको छ । अन्य १० उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् । मौद्रिक नीतिमा एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँमात्र सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको छ । यसलाई ठूला लगानीकर्ताले विरोध गरेका छन् । साना तथा मझौला लगानीकर्तालाई यस व्यवस्थाले कुनै फरक पर्दैन ।
बजार सूचक नेप्से भने आइतबार निकै अस्थिर बन्यो । छिनछिनमै तलमाथि गर्नेक्रम जारी रह्यो । यता, बजार अस्थिर भएपछि सेयर लगानीकर्ताहरुले १२ करोडको सीमा तत्काल हटाउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्तालाई कुनै पनि हालतमा सेयर बजारलाई बिग्रिने नदिने आश्वासन दिएका छन् । अर्थमन्त्रीको आश्वासनपछि लगानीकर्ताको आत्मबल वृद्धि हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर कारोबार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्