नेपालमा कोरोना परिक्षणको दयारा घट्दा सक्रमितको संख्या पनि घट्यो
काठमाडौं । नेपालमा कोरोना परिक्षणको दयारा घट्दा सक्रमितको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअधि साउन २६ गते १९ हजार १ सय २३ जनाको परिक्षण हुदा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो त्यपछि पनि ३ हजार को हाराहारीमा संक्रमित भेटिने गरेकोमा आइतबार ८ हजार ८८ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टीजेन परीक्षण हुदा संक्रमितको संख्या पनि घटेर २२ सय को हाराहारीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये काठमाडौ उपत्यकामा ७ सय ३९ जनालाई संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय २२, ललितपुरमा १ सय ५४ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको छ । हलिे अधिकाशं जिल्लामा कोरोना संक्रमण बढ्दैे गएको छ । अहिलेसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ३२ हजार २ सय ७२ र एन्टीजेन विधिबाट गरिएको परिक्षणमा ७५ हजार १ सय ३० जनामाकोरोना पुष्टि भएको छ । यस्तै आइतबार १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ६ लाख ८२ हजार ६ सय ८२ जना निको भएका छन् । कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्युहुनेको संख्या १० हजार २ सय ९२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३९ हजार २ सय ९८ छन् । उनीहरु मध्ये ३५ हजार १८ जना होमआइसोलेसन र ४ हजार २ सय ८० जना संस्थागत आइसेलेसनमा छन् । देशका विभिन्न अस्पतालका आइसियुमा ७ सय ५८ जना र भेन्टिलेटरमा १ सय ९३ जना रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना परिक्षणको दयारा, #कोरोना भाइरस संक्रमण पुष्टि
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्