थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु, संक्रमणसँगै मृतकको संख्या पनि बढ्दै
	
				
			काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै फेरि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार देशभर ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।
देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६ सय ५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८ सय ८ जनाको नमुना परीक्षण भएको थियो । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्