जेभियर इन्टरनेसनल कलेजले पायो वर्ल्ड लिडर समिट अवार्ड

काठमाडौं । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड पाएको छ । शैक्षिक क्षेत्रमा पुर्याएको योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेको भन्दै जेभियर इन्टरनेसनल कलेजलाई सो अवार्ड दिइएको हो ।
निरन्तरको शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहितको समय सापेक्ष सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानीत भएको जेभियर इन्टरनेसनल कलेजका सिईओ लोक बहादुर भण्डारीले जानकारी दिए ।
इन्टरनेसनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन ) नामक संस्थाले विश्वभरबाट जेभियर इन्टरनेसनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेवाफत सम्मान प्रदान गर्दै आएको छ । जेभियर इन्टरनेसनल कलेजले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #जेभियर इन्टरनेसनल कलेज
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्