जर्मनीलाई हराउँदै इङल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा
काठमाडौं । उपाधिदाबेदार जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लुक शको पासमा गोल गरेका थिए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । जारी युरो माउनको यो पहिलो गोल हो । यससँगै इंग्ल्यान्ड क्वाटर फाइनलमा पुग्ने सातौं टिम बनेको छ ।
इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटर फाइनलमा पुगेको हो । जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यसअघि इंग्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो । जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #इंग्ल्यान्ड, #युरोकप फुटबल
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्