कोभाक्सिन खोपको उत्पादन सम्बन्धि विस्तृत तथ्यांक सार्वजनिक
नयाँदिल्ली, काठमाडौं । कोभिड १९ बिरुद्ध कोभाक्सिन खोप उत्पादन कम्पनी भारत बायोटेकले खोपबारे अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ । भारत बायोटेक कम्पनीले कोभाक्सिन खोप उत्पादनमा अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको हो । कोभाक्सिन खोपको पहिलो र दोस्रो ट्रायल र तेस्रो ट्रायलको आंसिक तथ्यांकहरु भारत सरकार अन्तर्गतको नियामक निकायहरुले छानबीन गरेको कम्पनीले जनाएको छ ।
भारतमा मानिसको क्लिनीकल ट्रायल मार्फत तथ्यांकहरु सार्वजनिक गर्ने कोभाक्सिन मात्र एक खोप रहेको भारत बायेटेकले दाबी गरेको छ । कोरोनाको विभिन्न भेरियन्ट बिरुद्ध कोभाक्सिनको प्रभावबारे अध्ययन यसअघि नै बायोरसिभ, जर्नल अफ ट्राभल मेडिसिन जस्ता विभिन्न माधयम मार्फत सार्वजनिक गरिसकेको कम्पनीले बताएको छ ।
विज्ञप्तीमा भारतमा कोभिड १९ बिरुद्ध उच्च मात्रामा प्रभावशाली खोप र नयाँ भेरियन्टहरुबारे तथ्यांक भएको एक मात्र खोप कोभाक्सिन रहेको उल्लेख गरिएको छ । भारत बायोटेकद्धारा उत्पादित खोप कोभाक्सिन भारतको एक मात्र मौलिक खोप हो भने, सिरम इन्स्टीच्युट अफ ईण्डीयाद्धारा उत्पादित कोभिशिल्ड खोप बेलायतको अस्ट्रेजेनेका खोपको स्थानीय रुप भएको बताइएको छ । स्रोतः इकोनोमिक टाईम्स
क्याटेगोरी : देश/दुनियाँ, विदेश, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोभाक्सिन खोप उत्पादन, #भारत बायोटेक खोप
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्