पानी र हावाहुरीसँगै घट्यो नेपालको वायु प्रदूषण
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित परेको पानीले वायु प्रदूषण घटाएको छ । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएसँगै हानिकारक अवस्थामा पुगेको वायु प्रदूषणमा सुधार देखिएको हो । वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई शनिबार बिहान १ सय ५२ मापन गरिएको थियो ।
विश्वव्यापी सूचकांकमा शनिबार बिहान आठौँ स्थानमा रहेको नेपाल थप प्रदुषण घटेर साँझपख १२ औँ स्थानमा पुगेको छ । साँझपखको एक्यूआई ९३ रहेको छ जुन सुधारिएको अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर शनिबार बिहानसम्म अस्वस्थ अवस्थामा झरेको थियो । अहिले यो अवस्थामा समेत सुधार देखिएको छ ।
वायु प्रदूषण बढेको समयमा बृद्धबृद्धा, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूमा केही स्वास्थ्य समस्या बढेको पाइएको थियो । नाक पोल्ने, आँखा पोल्ने लगायतका समस्याको सबैले अनुभवन गरेका थिए । केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो ।विश्वव्यापी सूचकांकमा अहिले चिनको बेइजिङ शहर विश्वकै प्रदूषित शहर बनेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #वायु प्रदूषण
ताजा खबर
- १रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- २गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
- ३धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ
- ४स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छुः प्रधानमन्त्री कार्की
- ५निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान



तपाईको कमेन्ट लेख्नुहोस्