संसद बिघटन भएपछि आन्दोलनरत उखु किसानको मुद्धा ओझेलमा

काठमाडौं । उखु किसान भुक्तानीको लागि बिभिन्न जिल्लाबाट काठमाडौं आएको पनि १२ दिन पुग्यो । उनीहरु गौशालास्थित धर्मशालामा बसिरहेका छन् । बिहान ११ बजे उनीहरू माइतीघर चोकमा पुग्छन्, उखु बेचेको रकम उठाइदिन माग गर्दै दिनभर सडकमा धर्ना दिन्छन् । साँझ धर्मशालामै फर्किन्छन् । सरकारले भने उनीहरूप्रति चासो दिन छोडेको छ । पछिल्लो पटक आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगहरूले भुक्तानी दिने क्रम सुरु भएकाले आन्दोलन स्थगित गर्न किसानलाई आग्रह गरेका थिए । तर, किसानले पूरै भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताए । त्यसपछि संसद बिघटन भयो ।
नेकपाका छुट्टाछुट्टै गुटका भेला हुन लागे । पार्टी बिभाजन हुँदा यतिबेला मन्त्री लेखराज भट्टले उखु किसानको आन्दोलन नै बिर्सिएको छन् । ऋण खोजेर आएका किसानलाई खान बस्न पनि समस्या छ । सर्लाहीका उखु किसान गगनदेवराय यादव । आफुले उब्जाएको उखु बिक्रिपछि चिनीमिल मालिकबाट भुक्तानी नपाएपछि उनले घरखर्च चलाउन कृषी बिकास बैंकबाट ९ लाख ५० हजार ऋण लिएका थिए । अहिले उनी भुक्तानी दिलाइनदिन सरकारसंग गुहार माग्दै १२ दिनदेखि काठमाडौंको माइतिघरमा धर्नामा छन् । उता बैंकले मंसिर २९ गते जायजेथा लिलाम गर्ने पत्र पठाएपछि उनी निरास छन् । ऋण तिर्न नसक्दा बैंकबाट ताकेता आउनु स्वभाविक हो । तर, चिनीमिलबाट आफ्नै उधारो रकम नपाएपछि गगनदेवको आर्थिक अवस्था यति दयनीय बन्यो कि उनले ब्याज समेत बुझाउन सकेनन् ।
अहिले बैंकलाई १० लाख १६ हजार ३ सय ४३ बुझाउनु पर्ने छ । बिहिबार गगनदेवले भक्कानिदैं भने पैसा नपाउन्जेल काठमाडौंकै सडकमा मर्न तयार छु । गगनदेवको जस्तै छ, सर्लाहीका सिद्धी शाह र रामस्वाथ रायकोे पीडा पनि यस्तै छ । उनीहरु पनि आफ्नो उखुको पाउनुपर्ने भुक्तानी चिनीमिल मालिकबाट नपाएपछि काठमाडौंमा धर्नामा छन् । यसबीचमा उनीहरु घरखर्च, छोराछोरीको अध्ययन र खेती गर्न ऋण काडेका छन् । तर, धेरै ठाउँमा लिएको ऋणको ताकेदा आएपछि यसलाई सल्टाउन र घरखर्च चलाउन बैंकबाट ऋण लिएका छन । चिनी मिलमा बेचेको उखुको पैसा बर्षाैसम्म नआउँदा उनीहरुको सपनामात्र योबीचमा घरको अवस्थामा भताभुङ्ग भएको उखु किसान संघर्ष समितिका अध्यक्ष, रामस्वार्थ राय र सिद्धी शाह बताउँछन् ।
केही दिनदेखि मनकारी हातहरूले भने किसानलाई सहयोग गरिरहेका छन् । उनीहरूलाई गौशालाबाट माइतीघरसम्म ल्याउने र पु¥याउने तथा चिया–खानामा अभियान्ताहरुले सहयोग गरिरहेका छन् । यो पीडा एकाध किसानको मात्र होइन, आन्दोलित सबै जिल्लाका उखु किसान अहिले र ं ऋणमा छन् । तर, सत्तारुढ दल नै फुटको अवस्थामा पुग्दा र राजनीतिक दलको अन्य बिषयमा ध्यान जादा किसान थप समस्यामा परेका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ट्याग : #उखु किसान
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्