राष्ट्रपति भण्डारीको सन्देश कोरोना संक्रमण रोक्न सबैले हात धोऔं
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को बिस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताएकी छन् । ‘विश्व हात धुने दिवस’ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वास प्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने उल्लेख गरेकी हुन् ।
यस्तै, हात धुदा इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने अध्ययनले देखाएको उल्लेख गर्दै उनले कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कम ल्याउने हात धुने बानी बसाल्नुपर्ने बताइन । सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको राष्ट्रपति भण्डारीको भनाई छ ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #‘विश्व हात धुने दिवस’, #राष्ट्रपति भण्डारी
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्