Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

कोरोनाले संकटमा परेका होटल र पर्यटन ब्यवसाय जुर्मुराउनै गाह्रो


काठमाडौं । कोरोनाको बिश्वब्यापी महामारीले नेपालको व्यापार, व्यवसाय तथा अर्थतन्त्रमा निक्कै ठूलो असर पारेको छ । होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्र लामो समयदेखी ठप्प हुँदा १० औँ खर्बको लगानी प्रभावित हुँदा करिब १३ लाखको रोजगारी संकटमा परेको छ । हुनत, विश्वभर कोरोना महामारीले ठूलो आर्थिक संकल निम्त्याइरहेको छ । नेपाली अर्थतन्त्रले ठूलो मन्दी व्यहोर्नु परिरहँदा महामारीबाट प्रभावित भएको क्षेत्रमध्येको एक हो, होटल तथा पर्यटन । १० खर्ब बढी लगानी रहेको नेपालको पर्यटन क्षेत्रले कोरोनाका कारण ३५ अर्ब रुपैंया बराबरको नोक्सानी ब्यहोरिसकेको छ ।

साउन ७ गतेसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु र सार्वजनिक तथा पर्यटकीय यातायातका साधनहरु बन्द रहने समयसम्म थप ७ अर्ब नोक्सानी थपिने आँकलन गरिदैछ । हानकी अध्यक्ष श्रृजना राण सरकारले अर्बौ लगानी रहेको होटल व्यवसायीलाई उकास्ने बारे केही नसोचेको बताउँछिन् । होटल उद्योगको खर्बौको लगानी संकटमा पर्दा लाखौँ लाखको रोजगारी खोसिने भएपनि सरकारले सहुलियत र राहत प्याकेज ल्याउने बारेमा गम्भिर बन्न नसकेको राणाको आरोप छ ।
होटल तथा रेस्टुरेन्टको लगानी र अवस्था
होटल एशोसिएशन नेपाल हान का अनुसार होटल क्षेत्रमा मात्रै तीन खर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नयाँ होटल मार्फत ५७ अर्ब लगानी थपिएकोमा कोरोना महामारीले लगानीकर्तामाथी नै जोखिम थपिदिएको छ । नेपालमा पर्यटन विभागमा दर्ता भएका पाँचतारे होटलको संख्या नै १० छ । चारतारे तीन, तीनतारे ३१, दुईतारे ४३, एकतारे ३३ गरेर नेपालमा तारे होटलको संख्या नै १५७ पुगेको छ । विभागमा दर्ता भएका पर्यटकस्तरका होटल नै ४६५ छन् । होटल संघका अनुसार नेपालमा ठूला रिसोर्ट तथा तारे होटलहरूको सङ्ख्या झण्डै ३३ सय बढी छ । हानमा होटल, रिर्सोट र लज ३ सय भन्दा बढी दर्ता छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल रेबानका अनुसार रेस्टुरेन्ट क्षेत्रमा समेत तीन खर्ब हाराहारीकै लगानी छ । अझ, प्रशासन, स्थानीय तह र घरेलु तथा साना उद्योगमा दर्ता भएका हजारौँ रेस्टुरेन्टको रेकर्ड नै नहुँदा लगानी धेरै नै भएको अनुमान छ । रेवानमामा दर्ता ५ सय हाराहारी र जिल्ला प्रशासन र स्थानीय तहमा दर्ता भई सेवा दिईरहेका होटलहरुको संख्या नै हजारौँ छ । कोरोना महामारीका कारण विगत चार महिनादेखी होटल तथा रेस्टुरेन्ट बन्द रहँदा लगानी डुब्ने जोखिम मात्रै बढेको छैन होटल तथा रेस्टुरेन्टमा आश्रीत रहेका झण्डै ११ देखि १३ लाख श्रमिक तथा उनीहरुका आश्रित परिवार मारमा परेका छन् । रेवानका अध्यक्ष अरनिकोराज राजभण्डारी सरकारले ल्याएको राहत प्याकेजमा रेस्टुरेन्ट र बार नसमेटिएको बताउँछन् । पर्यटनको एउटा ठूलो हिस्सा रहेको बार तथा रेस्टुरेन्ट व्यवसायमा लाखौँ आश्रीत रहेको भन्दै अध्यक्ष राजभण्डारीले हाम्रो अर्बैको लगानीलाई सुरक्षित गराउन सरकार गम्भिर बन्नुपर्ने बताउँछन् ।
तारे होटल र क्यासिनो
भूकम्पसँगै बन्द भएको एभरेस्ट क्यासिनो अझै सञ्चालनमा आउन सकेको छैन । दरबारमार्ग क्षेत्रका एक एण्ड यती, अन्नपूर्ण, लाजिम्पाट क्षेत्रको होटल र्याडिसन, सांग्रीला, ठमेलको होटल मल्ल, बैद्धस्थित हायत रिजेन्सी, सोल्टिमोड क्षेत्रको होटल सोल्टी, कमल पोखरीस्थित होटल म्यारियट, पोखरास्थित होटल ग्राण्ड सुनशान बनेका छन् । यी बाहेक पूर्व र पश्चिम नेपालमा समेत विस्तार भएका तारे होटल र यी होटलमा सञ्चालित १० बढी क्यासिनो कोरोना महामारीका कारण बन्द छन् । यसरी बन्द भएको तारे होटल र क्यासिनोमा आश्रित लाखौँ श्रमिक बिचल्नीमा परेका छन् । व्यवसायीमा लगानी बचाउने चिन्ता थपिदा रोजगारी खोसीने चिन्तामा श्रमिकहरु छन् । क्यासिनो बेलीका व्यवस्थापक मिलन राई अग्रिम सरकारलाई रोयल्टी तिरेर ग्राहकले आर्जन गरेको नाफाको समेत ३० प्रतिशत राजश्व तिर्ने क्यासिनो उद्योग बन्द हुँदा लाखौँको रोजगारीसँगै लगानी डुब्ने चिन्ता बढेको बताउँछन् ।
टुर ट्राभल र उड्डयन उद्योग
सरकारसँग एकिन तथ्यांक नभए पनि नेपालमा पर्यटनसँग जोडिएका दर्जनौँ एयरलाइन्सहरु छन् । काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बीनी लगायतका क्षेत्रमा हजारौँ ट्राभल एसेन्सीहरु छन् । २० औँ हजार टे«किङ गाइड समेत महामारीको चपेटामा परेका छन् । पर्यटनसँग जोडिएका हवाई कम्पनी, ट्राभल र गाइडसम्ममा कोरोना महामारिको असर देखिदा १० औँ अर्बको लगानी डुब्ने खतरा रहेको पर्यटन उद्योगमा आश्रीत १३ लाख बढी श्रमिकको रोजगारी समस्यामा परेको छ ।
पर्यटक आवागमन शून्य
अघिल्लो बर्ष करिब ११ लाख पर्यटक भित्रिएको नेपालमा चीनबाट आउने पर्यटकको संख्या नै निक्कै धेरै थियो । कोरोना महामारीसँगै गरिएको उडान प्रतिबन्धले पर्यटकिय क्षेत्र सुनसान छन् । मासिक सरदर पाँच हजारको दरले नेपाल घुम्न आउने पर्यटक ४ महिनादेखी आएका छैनन । यो चार महिनाको अवधिमा पर्यटनसँग जोडिएका सबै क्षेत्र मारमा परेका छन् । ठूला होटल तथा रेस्टुरेन्टको ब्यापारमा ठूलो हिस्सा विदेशी पर्यटनको रहने गरेको छ । एकजना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुन्छ भनिदैगर्दा पर्यटकको आगमन शून्य छ । पर्यटनमा परेको असरले हवाई उड्डयन, होटल तथा रेस्टुराँ, यातायात, कृषि तथा अन्य व्यवसायी, ब्याङ्क तथा वित्तीय संस्थासम्मैलाई प्रभावित बनाएको छ ।

कोरोना महामारीका कारण यतिबेला काठमाडौं उपत्यकासँगै, नगरकोट, धुलिखेल, पोखरा, चितवनको सौराहा लगायतका पर्यटकिय क्षेत्र शुनशान बनेका छन् । सरकारले बजेट मार्फत ५ प्रतिशत ब्याजदरमा ५० अर्बको पुनस्र्थापना कोष स्थापनाको घोषणा गरेपनि १० औँ खर्बको लगानी सहित करिब १३ लाखको रोजगारी टिकाउन पर्याप्त देखिदैन । वार्षिक अर्बौ रुपैयाँ कर तिर्ने तथा विदेशी विनिमयको मूख्य स्रोत बन्दै आएको पर्यटन र होटल उद्योगलाई बचाउन सरकारले विशेष प्याकेज सहित बिकल्पको खोजी गर्नुपर्छ ।


क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, समाचार
ट्याग : #होटल र पर्यटन ब्यवसाय

तपाईको कमेन्ट लेख्नुहोस्