सुनको मुल्यमा १० हजार ४ सय बढ्यो, पुग्यो ८७ हजार ४ सय
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन चाँदीको मू्ल्य तोकेको छ । लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन–चाँदीको मूल्य आइतबार तोकिएको हो । आइतबार प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइताबर ९२५ रुपैयाँ तोकेको छ। अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रियाअनुसार सुनचाँदी व्यवसायीले पनि आंशिक रुपमा व्यापार संचालन गर्ने जनाएको छ।

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सुन चाँदी व्यवसायी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्