सुनको मुल्यमा १० हजार ४ सय बढ्यो, पुग्यो ८७ हजार ४ सय
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन चाँदीको मू्ल्य तोकेको छ । लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन–चाँदीको मूल्य आइतबार तोकिएको हो । आइतबार प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइताबर ९२५ रुपैयाँ तोकेको छ। अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रियाअनुसार सुनचाँदी व्यवसायीले पनि आंशिक रुपमा व्यापार संचालन गर्ने जनाएको छ।

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सुन चाँदी व्यवसायी
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्