रगत अभाव टार्दै सहकारी सञ्चालक, समाज सेवामा नमस्ते बचत तथा ऋण सहकारी
ललितपुर । कोभिड १९ को महामारी नियन्त्रण गर्न भन्दै चैत ११ देखि सिंगो देश ठप्प छ । लकडाउनको समयमा अधिकांश बजार, पसल तथा व्यवसाय बन्द छन् । तर, ललितपुरको इमाडोलमा रहेको नमस्ते बचत तथा ऋण सहकारी सेवाग्राहीको सेवामा मात्रै होइन काठमाडौं उपत्यकामा लकडाउनको समयमा हुनसक्ने रगत अभाव टार्न सक्रिय बनिरहेको छ । अत्यावश्यक रगतको अभाव हुन नदिन नमस्ते वचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा आइतबार हात्तीबनको क्लासिक ब्याङ्केटमा रक्तदान कार्यक्रम गरिएको छ । जहाँ ३६ जनाले रक्तदान गरेका थिए ।

नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनमा रगत अभाव हुन नदिन रक्तदान गरिएको संस्थाका अध्यक्ष विशाल विष्टले बताए । म को साटो हामी र मेरो साटो हाम्रो भन्ने भावनालाई आत्मसाथ गर्दै आएको सहकारीले लकडाउनमा समेत सहकारी खोलेर बचतकर्तालाई सेवा दिदै आएको छ । कोरोना महामहारिको समयमा रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्नकै लागि रक्तदान कार्यक्रम गरिएको विष्टले बताए ।
रक्तदान कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष भुईकाजी महर्जनले सहकारीको नेतृत्वमा महामारीको समयमा भएको सामाजिक कामको प्रशंसा गर्दै रक्तदानमा सहभागीलाई धन्यवाद दिएका थिए ।
ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाँईले लकडाउनको समयमा पास लगायतका असुविधा झेलेरै भएपनि जिल्लाका सहकारीले बचतकर्ताका लागि सेवा गरेको बताए । सहकारी अभियान नाफा भन्दा पनि सेवामा बढी केन्द्रित हुन्छ भन्ने उदाहरण नमस्ते बचत तथा ऋण सहकारीको रक्तदान कार्यक्रम मार्फत समेत स्पष्ट भएको उनको भनाई छ । सहकारीले समय समयमा यस्ता विभिन्न समाजसेवाको काम गर्दै आएको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #बचत तथा ऋण सहकारी
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्