बिनोद चौधरीको चेतावनीः ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्छन्
काठमाडौं । लकडाउनले उद्योग ब्यवसाय धरासायी हुने अवस्थामा पुगेका बेला उद्योगपति विनोद चौधरीले बैंकहरु झन् संकटमा पर्ने चेतावनी दिएका छन् । उनले सरकारले बैंकहरुलाई छुट दिएको ब्याज बराबरको अनुदान नदिएमा ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने चेतावनी दिएका हुन् । नेपाल परिसंघले सामाजिक संजालमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले वित्तीय संस्थाहरुका लागि अनुदानको व्यवस्था नगरेमा ८० प्रतिशत वित्तीय संस्था बन्द हुने चेतावनी दिए । सरकारले ऋणीहरुका लागि छुटको व्यवस्था गरेको भन्दै ऋण, ब्याज र किस्ता तिर्ने समय पनि थपिदिदा ऋणीहरुसँगै बैंकहरुले पनि ठूलो समस्या भोग्नु पर्ने चौधरीले चेतावनी दिए । अहिले वित्तीय क्षेत्रका ग्राहकहरु लकडाउनका कारण आर्थिक संकटमा छन् ।
उनले अहिले बैंकिङ तथा वित्तीय क्षेत्र गम्भीर अवस्थामा पुगिसकेको दाबी गरे । ‘बैंकहरुले केही समय अगाडि नाफा देखाएका थिए’ उनले भने ‘तर उक्त नाफा नगद प्रवाहमा आधारित नभएकाले कागजी नाफा देखाउनेहरु नै पहिले समस्यामा पर्ने चौधरीको भनाई थियो । विदेशमा भएका नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् र स्वदेश फर्कन पाउनु उनीहरुको अधिकार पनि भएको चौधरीले बताए। ६२ दिनदेखि जारी लकडाउनका कारण बैंक तथा बित्तीय संस्थाहरु सहज रुपमा खुल्न सकेका छैनन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #बिनोद चौधरी
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्