Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

२४ घण्टामा के के गर्यो स्वास्थ्य मन्त्रालयले


काठमाडौं ३१ बैशाख । गत चौबीस घन्टामा ३ हजार ४९ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआरबाट २ हजार ३ सय ५७ र आरडिटी विधिबाट ६ सय ९२ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म पीसीआर विधिबाट २१ हजार ३ सय ४० जनाको कुल परीक्षण भएको छ भने आरडिटी विधिबाट ६० हजार ३ सय १९ जनाको परीक्षण गरिएको छ । यस्तै, देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा कुल २ सय ४५ जना रहेको उपत्यकाभित्र ६ जना र उपत्यका बाहिर २ सय ३९ जना रहेका छन् । यस्तै, रेडजोनमा देशभर ३ सय ५४ जना रहेका छन् । गत चौबीस घन्टामा ९ जना रेड जोनमा परेका छन । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं