संसदमा प्रि–बजेटमा छलफल सुरु
काठमाडौं २९ बैशाख । संघीय संसद्का दुवै सदनमा सोमबारदेखि प्रि बजेटमाथि छलफल सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले आ–आफनो धारणा राखेका छन् । दुवै सदनमा सांसदहरुले बजेट प्रस्तावमाथि आ–आफनो धारणा राखी सुझाव दिनेछन् । अर्थमन्त्री खतिवडाले प्रस्ताव पेश गर्दै आगामी बजेटबाट कर सहुलियत, आर्थिक वृद्धि र क्रियाकलाप बढाउन मौद्रिक सहयताको ब्यवस्था गरिने बताए । अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने, मूल्यवृद्धिलाई वान्छित सीमाभित्र राख्ने, दीगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गर्ने उनले बताए । यस्तै, स्वास्थ्य पूर्वाधारमा लगानी बढाउने र स्वास्थ्य बीमालाई बिस्तार गरिने अर्थमन्त्रीको भनाई छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #प्रि–बजेट
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्