कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं २६ बैशाख । कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएका ७ जना नेपाली र एक जना भारतीय नागरिक डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँच जना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् । उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएका सबैलाई वैशाख ८ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण बाट मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । बुधबार बिराटनगरकै कोरोना उपचार केन्द्रबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरुलाई विराटनगर– १५ मा रहेको रानी मर्कजमा राखिएको छ । यी सहित नेपालमा कोरोनाको उपचारपछि निको हुनेको संख्या ३० पुगेको छ । ३० मध्ये तीन जनाको रिपोर्ट पुनः पोजेटिभ आएका कारण अस्पताल भर्ना भएका छन् । विराटनगरको कोरोना अस्पतालमा एक समय ३१ जना कोरोना संक्रमित भर्ना भएका थिए । जसमध्ये १७ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सबैको अवस्था सामान्य छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #संक्रमित डिस्चार्ज
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्