पिसिआर मेसिनमा रूकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ
कैलाली ४ बैशाख । धनगढीमा पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । धनगढीको प्रयोगशालामा प्रदेश अस्पताल सुर्खेतबाट पठाएको स्वाब परिक्षणमा दुईजनामा पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काका अनुसार उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षण गर्न काठमाडौं पठाइएको बताएका छन् । सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएको खड्काले बताए । धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएको बुझिएको छ । डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टाईनमा बसेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #दुई जनामा कोरोना संक्रमण पोजेटिभ
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्