पिसिआर मेसिनमा रूकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ
कैलाली ४ बैशाख । धनगढीमा पिसिआर मेसिनमा परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । धनगढीको प्रयोगशालामा प्रदेश अस्पताल सुर्खेतबाट पठाएको स्वाब परिक्षणमा दुईजनामा पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काका अनुसार उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षण गर्न काठमाडौं पठाइएको बताएका छन् । सुर्खेतमा पिसिआर मेसिन नभएकाले आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएको खड्काले बताए । धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएको बुझिएको छ । डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टाईनमा बसेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #दुई जनामा कोरोना संक्रमण पोजेटिभ
ताजा खबर
- १विशेष महाधिवेशनको पक्षमा बहुमत,अल्पमतमा कांग्रेस संस्थापन पक्ष
- २माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
- ३काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
- ४मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- ५मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान



तपाईको कमेन्ट लेख्नुहोस्