७६ दिनपछि चीनको ऊहानमा लकडाउन खुल्यो

काठमाडौं २६ चैत । कोरोना भाइरस अर्थात् कोभिड–१९ को इपिसेन्टर चीनको ऊहानमा ७६ दिनपछि लकडाउन खुलेको छ। कोरोनाको त्रासमा लकडाउन भएको ऊहान क्षेत्र सामान्य बन्न थालेको छ । ऊहानको अन्य प्रान्तसँगको बोर्डर भने केही दिनपछि मात्र खुला गरिने छ । संक्रमण पूर्ण निर्मूल नहुन्जेलसम्म अझै पनि ऊहानका केही स्थान र कार्यालयमा केही प्रतिबन्ध भने जारी राखिने बताइएको छ । बुधबारदेखि हुबेइ प्रान्तको राजधानी ऊहान स्वस्थ नागरिक र आगन्तुकलाई अन्य प्रान्तमा जान अनुमति दिइएको छ। रेल, उडान र राजमार्ग पनि खुला गरिएको छ । १ करोड १० लाख जनसंख्या भएको ऊहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। गत जनवरी २३ देखि यो सहरलाई चीन सरकारले सिल्ड गरेको थियो, जसले गर्दा अन्य सहरमा यो महामारी फैलन पाएन। ऊहान यातायात खुला राख्नुलाई कोभिड–१९ विरुद्ध चीनले गरेको कामको मुख्य उपलब्धिका रुपमा लिइएको छ। केही दिनयता चीनमा कोभिड–१९ संक्रमित बिरामीको संख्या शून्य हुँदै आएको छ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #चीनको ऊहानमा लकडाउन खुल्यो
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्