निरा र बिजयको बुकी सार्वजनिक
काठमाडौं ६ पुस । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित व्यक्तित्व एवं गायक राजु परियार र लोकप्रिय गायिका निरा छन्त्यालको सुमधुर आवाजमा सजिएको गीत बुकी सार्बजनिक भएको छ । सुतली, पलाश जस्ता चर्चित गीत सृजना गरेर दर्शकको मन जित्न सफल लोकप्रिय सर्जक बिजय चन्द (दर्पण) को शब्द र चर्चित गायक एवं संगितकार राजेश खड्का (सानु) ले लय तथा संगीत भरेको गीत चर्चित गायिका निरा छन्त्यालको अफीसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । गामबेसी डिजिटल स्टुडियोमा रेकर्ड भएको बुकी लाई तिलक ओलीले एरेन्ज गरेका छन् । बुकी को भिडियो कोरियोग्राफर, निर्देशन चर्चित कलाकार शंकर बि.सी. ले गरेका छन् । साथै यसको भिडियोमा शंकर बि सी सँगै बोल माया, गल्बन्दी लगायतका थुप्रै चर्चित गीतमा अभिनय गरेर सबै श्रोता दर्शकको मन जित्न सफल मोडल अञ्जली अधिकारीले अभिनय गरेका छन् । जसमा बाल कलाकारको भुमिका खुशी कट्टेलले निर्वाह गरेकी छन् । यस गीतका सर्जक बिजय चन्द (दर्पण) ले यस अघिका गीतलाई रुचाइदिए जस्तै यस गीतलाई पनि धेरैले रुचाउनेमा बिश्वस्त भएको प्रतिक्रिया दिए । त्यसैगरी संगीतकार राजेश खड्का (सानु) ले पनि यस गीतले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको जानकारी दिए ।
हेर्नुहोस भिडियो
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बुकी सार्वजनिक
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्