नेपालीको बिदेश मोह, गैरकानुनी रुपमा जाँदा ज्यानै खतरा

काठमाडौं २६ भदौ । नेपालले श्रम स्विकृति नदिएका र युद्धग्रस्त देशमा रोजगारी खोज्दै पुगेका नेपालीहरु एकपछि अर्को जोखिममा परिरहेका छन् । तीजका दिन अर्थात, भदौ १६ गते राति मात्रै पनि अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा आत्मघाती विस्फोटमा परेर दुई नेपालीले ज्यान गुमाउनु पर्यो । चितवनस्थित भरतपुर महानगरपालिका–२१ का कृष्ण थापा र रोल्पाका चन्द्र पुनको परिवार यतिबेला शोकमा डुबेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीमार्फत पहल गरेपछि आतंककारी हमलामा मारिएका दुई जनाको शव नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरिएपनि यस्तो पीडा सहने परिवारको संख्या दिनप्रतिदिन बढिरहेको छ । आगामी दशैमा फर्किएपछि कहिल्यै अफगानिस्तान जान्न भन्दै भदौ १ गते मात्रै अफगान फर्किएका चितवनका थापाको कहिल्यै घर नफर्किनेगरी अवशान भएपछि परिवारमा सन्नाटा छाएको छ । फर्किएर बन्दै गरेको नयाँ घरमा वस्ने रहर सदाका लागी अपुरो भएको छ भने थापाका ७८ वर्षिया वुवा र आमा पुत्र वियोगको पीडाले बिछिप्त छन् । काबुल घटनामा आफन्त गुमाएकाहरु सोच्नै नसकिने पीडामा छन् । कोहीले छोरा कोहीले दाई भाई त कोहीले श्रीमान गुमाएर आशु झार्दै भक्कानिनुपर्दाको अवस्ताले धेरैलाई रुवाउँछ । यो प्रतिनिधि पीडा मात्रै हो । रोल्प सहित आफन्त गुमाउने देशपरका परिवारको पीडा यस्तै यस्तै छ । १५ बर्षको अवधिमा मात्रै पनि युद्धग्रस्त देशमा रोजगारीका लागि पुगेका २७ जना नेपाली विद्रोही समूह र आंतककारी आक्रमणको निसानामा परेका छन् । अफगानिस्तान, लिविया र इराकमा मात्रै पछिल्लो १५ बर्षमा २७ जना नेपाली आतंककारी आक्रमण र आतंकवादी समूहबाट मारिएका छन् भने रोजगारदाताको हिंसामा पर्नेहरुको संख्या निक्कै ठूलो छ । यहाँ अलपत्र बन्ने र समस्यामा पर्नेमा सबैभन्दा बढी घरेलु कामदारका रुपमा लिबिया हुँदै लगिएका महिलाहरु छन् । ३ वर्षअघि अर्थात २०७३ साल असारमा रोजगारीका लागि अफगस्तिान नै पुगेका १२ जना नेपालीले आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा ज्यान गुमाएका थिए । इराक पुगेका १२ जना नेपाली आतंकवादी संगठनको कव्जामा मात्रै परेनन्, २०६१ साल भदौ १५ गते उनीहरुको विभत्स हत्या भएको भिडियो सार्वजनिक हुँदा देश नै शोकमा डुब्यो । दलालमार्फत अन्य देश जाँदा धेरै नेपाली लिबियामा फस्ने गरेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुग्ने कामदारको संख्या ५० हजार नाघेको छ भने युएई हुँदै रोजगारीका लागि अफगास्तिान पुग्नेको संख्या २५ देखि ३० हजार रहेको सरकारी अनुमान छ । मेनपावार मार्फत रोजगारीमा गएकाहरुलाई समेत समस्या मुक्त बनाउन नसकिरहेको सरकारले दलाल मार्फत प्रतिबन्धित मुलुक पुगेर समस्यामा परेकाहरुको उद्धार गर्न नसक्दा जोखिम बढिरहेको छ । बैदेशिक रोगजारीका क्रममा बिदेशमा मृत्यु भएकाहरुको तथ्यांकले पनि जोखिम बढ्दैगरेको देखिन्छ । १० वर्षमा वैदेशिक रोजगारीमा गएका ७ हजार ४ सय ५५ को मृत्यु भएको छ । यो अवधिमा सबैभन्दा बढी मलेसियामा दुई हजार ६ सय ७० युवाले ज्यान गुमाएका छन् । साउदी अरेबियामा दुई हजार ३५, कतारमा एक हजार ४ सय ५७, संयुक्त अरब इमिरेट्स् (युएई) मा ६ सय ४ र अन्य मुलुकमा ६ सय ८९ जना नेपाली कामदारले ज्यान गुमाएको सरकारी तथ्यांक छ । एक दशकको अवधिमा एक हजार २ सय ५२ युवा अंगभंग भएर स्वदेश फर्किएका छन् भने अहिले पनि २७ नेपाली युवा विदेशी अस्पतालको कोमामा छन् । बिदेशी भुमिमा पुगेर ज्यान गुमाउनेको परिवार शोकमा डुब्दैगर्दा अलपत्र परेका र घाइते भै फर्किएकाको परिवारमा थप पीडा थपिएको छ । यति मात्रै होइन्, धेरै कमाउने र विकसित राष्ट्रमा उच्चस्तरको जीवनयापन गर्ने लोभमा पर्दा दलालको फन्दामा पर्ने नेपालीहरुको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । बिदेश यात्राको जोखिम कम गर्न लोभ र सुविधा मात्रै नहेरेर व्यक्ति स्वयम पनि सचेत बनौँ । अनि नागरिक प्रतिको दायित्वमा राज्य जिम्मेबार र चनाखो बनोस् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #bidesi moha
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्