बिरामीलाई १ लाख २३ हजार रकम हस्तान्तरण गर्दै मनाए पत्रकार डेभिडले जन्मदिन
काठमाडौं २४ साउन । पत्रकार डेभिड पाण्डेयले ब्रेन ट्युमर भएका बिरामीलाई १ लाख २३ हजार रुपैया हस्तान्तरण गरेका छन् । ब्रेन ट्युमर भएर उपचार गराइरहेका हरी भुसालका लागि जापान र अस्ट्रेलियाबाट आएको १ लाख २३ हजार रुपैयाँ हस्तान्तरण गर्दे पत्रकार पाण्डेयले आफ्नो जनमदिन मनाएका हुन् । पाल्पा बगनासकाली गाउपालिका ८ का हरी भुसाल बिगत तीन महिना देखी उपचाररत छन । आर्थीक कमजोर भएका भुसाललाई उपचार लागि बैदेशिकरोजगारिका लागि जापान र अस्ट्रेलिया पुगेका नेपालीले सहयोग गरेका हुन । भुसालको दुई पटक अप्रेसन भईसकेको छ । बिरामी भुसालका ३ छोरी , श्रीमती र आमा छन् । करीब ५५ दिन वीर अस्पतालमा उपचार गराएका भुसालको पारिवारिक स्थिती कमजोर भएको थाहा पाएपछी पत्रकार डेभिड पाण्डेयले अस्पताल पुगेर सहयोगको अपिल गर्दे समाचार तथा भिडियो प्रकाशन प्रसारण गरेका थिए । त्यही भिडियो र समाचारको आधारमा जापानमा रहेका बग्नासकाली गाउँपालिकाका प्रेम बश्याल र रामु घिमिरेले भुसालको लागि सहयोग रकम संकलन गरेर पठाएका थिए । सोही अभियानबाट जम्मा भएको रकम पाण्डेयले बिरामी हरी भुसालको घरमा गएर हस्तान्तरण गरेका हुन । यस अगाडि पनि डेभिडले कोरियाबाट आएको १ लाख ३ हजार ६ सय ५० रुपैया बिरामी कै घरमा गएर हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
ट्याग : #david pandeya
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्