हङकङमा प्रदर्शनकारीमाथि अश्रु ग्यास र रबरका गोली प्रहार, थुप्रै घाइते
काठमाडौं १३ साउन । हङकङमा प्रदर्शनको दोस्रोे दिन पनि प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको छ । सुपुदर्ग विधेयक खारेजी र लोकतन्त्रको माग गर्दै आन्दोलनमा उत्रिएका हजारौं प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएको थियो । प्रहरीले पानीका फोहरा, अश्रु ग्यास र रबरका गोलीसमेत बर्षाएपछि प्रदर्शनकारीपनि प्रहरीमाथि जाइलागेका थिए । हङकङको चिनियाँ सरकारी कार्यालय अघि भएको भडपमा थुप्रै प्रदर्शनकारी घाइते भएको जनाइएको छ । लगातार आठ हप्तादेखि जारी आन्दोलन झनझन चर्किदै गएपछि चीनका लागि पनि टाउको दुखाइ बनेको छ । अधिकांश प्रदर्शनकारीले हेल्मेट लगाएका थिए भने उनीहरुले स्वतन्त्र हङकङको ब्यानर बोकेका थिए । प्रदर्शनका आपराधिक समूह पनि मिसिएको आशंका गरिएको छ । यसले संसारकै सुरक्षित शहरमा रुपमा चिनिएको हङकङको सुरक्षा चुनौती थप बढेको विश्लेषण गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #Hong Kong
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्