किन यसरी मर्देछन् बिदेशमा नेपाली दश बर्षमा साँढे सात हजारको ज्यान गयो
काठमाडौं ५ साउन । ज्यान गुमाए हजारौ सपना बोकेर युवाहरु जाने गरेका छन् । तर, आफुले सोचे जस्तो नहुदा वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको तथ्याङ्क डरलाग्दो छ । पछिल्ला ११ वर्षमा सात हजार चार सय ६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा विदेशमै मर्नेको संख्या बढिरहेको हो । २०६५–६६ देखि ०७५–७६ को वैशाखसम्म विदेशमा काम गर्न जाने सात हजार चार सय ६९ जनाले ज्यान गुमाएका छन् । १० वर्षमा मृतकको संख्या आठ सय प्रतिशतले बढेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०६५–६६ देखि आर्थिक वर्ष ०७५–७६ सम्म सात हजार चार सय ६९ जनाले ज्यान गुमाएका छन । यो श्रम स्वीकृति लिएर जानेहरूमध्येको तथ्यांक मात्रै हो । अनौपचारिक माध्यमबाट विभिन्न देशमा रोजगारीमा पुगेकाहरूमध्ये मृत्यु हुनेको संख्या पनि ठूलो छ । पछिल्ला वर्ष यता हरेक दिन दुईदेखि तीन नेपाली कामदारले विदेशमा ज्यान गुमाउने गरेका गरेको प्रवद्धन बोडले जनाएको छ । मुत्यू हुनेको संख्या बढ्दो दरमा रहेको बोडले जनाएको छ । ०६५–६६ मा ९० जनाले ०७०–७१ मा आठ सय ८८जानले ज्यान गुमाएका छन् । ०७४–७५ मा आठ सय २१ ले ज्यान ०७५–७६ को असार सम्म ७ सय २२ को मृत्यु भएको बोर्डले बताएको छ । यस अवधिमा सबैभन्दा धेरै ०७१–७२ मा एक हजार ६ जनाले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकका अनुसार वैदेशिक रोजगारका गन्तव्यमध्ये मलेसिया र साउदी अरेबिया सबैभन्दा असुरक्षित देखिएको छ । पछिल्ला ११ वर्षमा मलेसियामा दुई हजार ६ सय ७४ नेपाली कामदारले ज्यान गुमाएका छन् । जसमा ३६ महिला रहेका छन् । साउदी अरेबिया पुगेका दुई हजार ३९ र कतार पुगेका एक हजार चार सय ५९ को मृत्यु भएको छ । यसरी कामकै लागि विदेशमा पसिना बुझाउन गएका युवाहरुको मृत्युप्रति सरकार बेखबर जस्तै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #bidesha ma mirtu
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्