आठ क्षमता भएको भ्यानमा १६ विद्यार्थी कोचाकोच
काठमाडौं ५ साउन । आठ सिट क्षमताको भ्यानमा १६ जना बालबालिका, छतमा उनीहरुले पढ्ने किताको झोला । शिक्षाका लागि भर्खरैबाट संघर्ष गर्दैगरेका यी बालबालिका जोखिम उठाएरै बिद्यालय जान बाध्य छन् । नागार्जुन नगरपालिकाको गौरीगञ्जमा रहेको बेबी एञ्जल सेकेण्डरी स्कुलले यी बालबालिकालाई शिक्षित बनाउने नाममा यातना दिइरहेको छ । तर, सानो भ्यानमा कोचाकोच बिद्यार्थी राख्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन् । कोचाकोच विद्यार्थी बोकेको बारे विद्यालय प्रशासन स्वयम पनि जानकार भएर पनि कारवाहीको दायरामा ल्याउन सकेको छैन् । कलिला बालबालिकाको जाखिम यात्राले अधिकांश विद्यालयमा निरन्तरता पाइरहेको छ । एक त यो स्कुलले स्कुल बस सञ्चालनको मापदण्ड पुरा गरेको छैन । अर्कोतर्फ खाल्डाखुल्डी सडकमा कोचाकोच बिद्यार्थी बोकेर जोखिम बढाइरहेको छ । सरकार विद्यालय शिक्षा अनिवार्य र निशुल्क भनिरहेको छ । तर अधिकांश नीजि स्कुलले विभिन्न शिर्षकमा उठाएको शुल्कबारे सधै बेखबर । सेवा सुविधाको बाहानामा महंगो शुल्क लिने अनि यात्राकै क्रममा जोखिम बढाउने यी र यस्ता विद्यालयहरुको मनोमानीमा कहिलेसम्म आखाँ चिम्लिरहने हो भन्दै ब्यङग्य गरिरहेका छन् । स्कुलले नियमित रुपमा यसरी बिद्यार्थी ओसार–पसार गरेपनि अभिभावक पनि मौन भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #student news
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्