आठ क्षमता भएको भ्यानमा १६ विद्यार्थी कोचाकोच

काठमाडौं ५ साउन । आठ सिट क्षमताको भ्यानमा १६ जना बालबालिका, छतमा उनीहरुले पढ्ने किताको झोला । शिक्षाका लागि भर्खरैबाट संघर्ष गर्दैगरेका यी बालबालिका जोखिम उठाएरै बिद्यालय जान बाध्य छन् । नागार्जुन नगरपालिकाको गौरीगञ्जमा रहेको बेबी एञ्जल सेकेण्डरी स्कुलले यी बालबालिकालाई शिक्षित बनाउने नाममा यातना दिइरहेको छ । तर, सानो भ्यानमा कोचाकोच बिद्यार्थी राख्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन् । कोचाकोच विद्यार्थी बोकेको बारे विद्यालय प्रशासन स्वयम पनि जानकार भएर पनि कारवाहीको दायरामा ल्याउन सकेको छैन् । कलिला बालबालिकाको जाखिम यात्राले अधिकांश विद्यालयमा निरन्तरता पाइरहेको छ । एक त यो स्कुलले स्कुल बस सञ्चालनको मापदण्ड पुरा गरेको छैन । अर्कोतर्फ खाल्डाखुल्डी सडकमा कोचाकोच बिद्यार्थी बोकेर जोखिम बढाइरहेको छ । सरकार विद्यालय शिक्षा अनिवार्य र निशुल्क भनिरहेको छ । तर अधिकांश नीजि स्कुलले विभिन्न शिर्षकमा उठाएको शुल्कबारे सधै बेखबर । सेवा सुविधाको बाहानामा महंगो शुल्क लिने अनि यात्राकै क्रममा जोखिम बढाउने यी र यस्ता विद्यालयहरुको मनोमानीमा कहिलेसम्म आखाँ चिम्लिरहने हो भन्दै ब्यङग्य गरिरहेका छन् । स्कुलले नियमित रुपमा यसरी बिद्यार्थी ओसार–पसार गरेपनि अभिभावक पनि मौन भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #student news
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्