हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको अन्त्यष्टि
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आईतबार अन्त्यष्टि गरिएको छ। हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो।पर्यटन व्यवसायीको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भएका शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए।
विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्यष्टिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति विजयकुमार गच्छदार, नेकपा नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको सहभागिता थियो । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्षसमेत स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका थिए।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #hot
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्