रोनाल्डोका बिरुद्ध उजुरी

काठमाडौं ५ चैत । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोविरुद्ध उजुरी परेको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको खेलको क्रममा ह्याट्रिक गरेपछिको रोनाल्डोको सेलिब्रेशन अनुपयुक्त रहेको युइएफएले उल्लेख गरेको छ । ३४ वर्षका रोनाल्डोले ह्याट्रिक गरेपछि त्यसको सेलिब्रेशनको क्रममा एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनको शारीरिक भावको कपी गरेका थिए । पहिलो लेगमा २–० ले पराजित भएर पनि दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकको सहयोगमा युभेन्टसले अन्तिम ८ को यात्रा तय गरेको थियो । प्रशिक्षक सिमोले पहिलो लेगमा जित निकालेपछि समर्थकतिर फर्किएर आफ्नो क्रच समातेका थिए। रोनाल्डोले दोस्रो लेगमा ह्याट्रिक गरेपछि त्यसै गरेका हुन् । युइएफएले रोनाल्डोविरुद्धको उजुरीमा मार्च २१ मा निर्णय गर्ने छ । सिमोनले आफ्नो सेलिब्रेशनका लागि २० हजार युरो जरिवाना तिर्नुपरेको थियो । क्वाटरफाइनलमा युभेन्टसले डच क्लब अजाक्ससँग खेल्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्